चितवन । मंसीर ४ गते हुने निर्वाचनमा नेपाल सुशासन पार्टी चितवनका अध्यक्ष केदार राज पन्त चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभाका लागि उमेदवार दिएका छन् ।
नेपाल सुशासन पार्टीबाट प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को उम्मेदवार बन्नु भएका पन्तको चुनाव चिन्ह आमा रहेको छ ।
पन्तले भ्रष्ट्रचार उन्मुलन गरी सुशासन स्थापना गर्न , अर्थतन्त्र मजबुत बनाउन , ५ वर्षसम्म स्थिर सरकार दिन , असंलग्न परराष्ट्र निति कायम गर्न , राज्यलाई २१ खर्वको वैदेशिक ऋणबाट मुक्त गर्न , शिक्षा स्वास्थ्य , गाँसबास, कपास सर्वसुलभ बनाउन , स्वदेशमै रोजगारी दिन ईन्ड्रष्ट्रियल पार्क निर्माण गर्न लगायतका विभिन्न जनताको माग पुरा गर्न उमेदवारी रहेको बताउनुभएको छ।
भरतपुरमा घरदैलो कार्यक्रममा उहाँले सामाजको परिवर्तन र बिकास सम्भव रहेको बताउनुभएको छ।
घर दैलोमा व्यस्त रहनुभएका पन्त बिकासका नारामा मात्रै नभएर बिकास र परिवर्तन गरेर देखाउने बताउनुभएको छ । अहिले भएको बिकासले युवा पुस्तामा रोजगारीको सृजना गर्न नसक्ने भन्दै बिकास र स्वरोजगारका कार्यक्रमलाई तिब्र गतिमा अघि बढाउनु पर्ने बताउनुभयो ।
नेपाल सुशासन पार्टीका अध्यक्ष रहनुभएका रमेश खरेलले हाम्रो घोषणा पत्र हेरेर सबै जनताले आमा चिन्हमा भोट दिएर हाम्रा उमेद्धवारहरुलाई जिताउनको लागि अनुरोध गर्नुभएको छ ।





















