पर्वत । प्रेस सेन्टर नेपाल पर्वतको दोस्रो पूर्ण बैठक कुस्मामा सम्पन्न भएको छ। शुक्रबार प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो।
बैठकले आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि प्रत्यक पालिकाहरुमा विशेष न्यूज डेक्स स्थापना गरी सुचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । यस्तै बामलोकतान्त्रिक गठबन्धन सम्वद्ध पत्रकार संगठनहरु संग सहकार्य गरी निर्वाचनमा अगाडी बढ्ने लगायतका निर्णय गरेको छ।
बैठकमा बोल्दै अध्यक्ष निर्मल पौडेलले प्रेस सेन्टर पर्वतलाई चुस्त दुरुस्त बनाउन हरपल प्रयासरत रहेको बताए।
निर्वाचनमा सन्चारकर्मीहरुलाई समाचार संकलनमा सहज वातावरण बनाउन सम्बन्धित निकाय संग पौडेलले आग्रह समेत गरेका छन् ।
बैठकमा प्रेस सेन्टर नेपाल पर्वतका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य राजबाबु पिसीले मर्यादित र भयरहित वातारवरणमा निर्वाचन सम्पन्न गर्न सन्चारकर्मीले पनि भुमिका खेल्नुपर्ने बताए ।
प्रेस सेन्टर नेपाल पर्वतका कोषाध्यक्ष रामजी आचार्यले सञ्चालन गर्नुभएको बैठकमा सेन्टरका उपाध्यक्ष दीपसागर पौडेल, सदस्य वसन्त तिमिल्सिना लगायतले बोलेका थिए । साथै बैठकमा अथितिको रुपमा पार्टी नेतृत्वको समेत उपस्तिथि रहेको थियो ।





















