चितवन / साप्ताहीक पत्रिकाहरुको संगठन साप्ताहीक सञ्जाल नेपाल चितवनद्धारा रतनमान श्रेष्ठप्रति समवेदना प्रकट गरेको छ ।
२०१६ सालमा भीमसेनटोल पोखराबाट बसाई सराई गरी चितवनको भरतपुर–१०, हाकिमचोकमा बसोबास गर्दै आउनु भएका रतनमान श्रेष्ठको ८६ वर्षको उमेरमा भएको निधनले साप्ताहीक सञ्जाल नेपाल परिवारलाई स्तब्ध बनाएको । मृत्यु शोकको यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्ति कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
श्रेष्ठ साप्ताहीक सञ्जाल नेपाल चितवनका शुभचिन्तक ,सञ्चार उद्यमी, समाजसेवी राकेशमान श्रेष्ठ एवम् शुभचिन्तकहरु रमनमान, रमेशमान, रोशनमान श्रेष्ठका पुजनीय पिता हुनुहुन्छ ।

४ छोरा, १ छोरी, ११ नाति नातिनीका धनी श्रेष्ठ स्याउली बजार टोलवासीहरुले एक असल, समाजसेवी अभिभावकको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनले सम्पूर्ण स्याउली बजार टोलवासीहरुमा एक अभिभावक गुमाएको महशुस भएको छ ।

समवेदना प्रकट कार्यक्रममा साप्ताहीक सञ्जाल नेपालका अध्यक्ष टिकादत्त तिमिल्सिना , सह सचिव नबिन बाबु मरहट्टा , निर्वतमान अध्यक्ष राजु भट्ट, सदस्य हरि कार्की लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा अध्यक्ष तिमिल्सिनाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने सामर्थ्य मिलोस भनी प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गरेका थिए ।






















