धादिङ / अबिरल बर्षाका कारण धादिङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–६ गल्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुका डेढ वर्षीया छोरी रहेका छन् । बिहान चार बजेतिर पहिरो गएको हो ।
घटनाको जानकारी पाएपछि करिब साढे ४ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले ३ जनाको शव फेला परेको जनाएको छ ।
फाईल फोटो





















