चितवन / लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर ४ अन्तर्गतका ३२ वटा क्लबहरूको संयुक्त आयोजना तथा भरतपुर सप्तरंगी लेडिजको सक्रियतामा शनिबार “ बृहत् रक्तदान कार्यक्रम “ लायन्सचोक नारायणगढमा सम्पन्न भयो ।

क्लस्टर ४ चिफ लायन दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्टको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कुल १४३ रक्तदाताहरूले रक्तदान गरेका थिए ।
पछिल्लो समयमा चितवनमा आयोजित रक्तदान शिविरहरूमा विशेष मानिएको उक्त कार्यक्रम औपचारिक उद्घाट्न सत्रमा द्वितिय भाइस डिस्ट्रिक्ट गभर्नर लायन दिननाथ न्यौपाने, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन राजकुमार श्रेष्ठ, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन प्रभातकुमार जोशी, क्याविनेट सेक्रेटरी लायन राजेन्द्र गौतम, क्याविनेट ट्रेजरर लायन सुरेशकुमार श्रेष्ठ, ओमन अनरी सेल मेम्बरहरू लायन सिता भट्ट, सुधा जोशी तथा डिस्ट्रिक्ट क्याविनेटका एक्जुकेटिभ चिफहरू, को चिफहरू, डिस्ट्रिक्ट चिफहरू, को चिफहरू, पिआरओ इन चिफ, रिजन, जोन चेयपर्सनहरू तथा सम्पूर्ण क्लब अध्यक्षहरूको भव्य सहभागिता रहेको थियो ।

कार्यक्रम भरतपुर सप्तरंगी लायन्स क्लबका संस्थापक अध्यक्ष, जोन चेयपर्सन तथा क्लस्टर ४ सेक्रेटरी लायन सरोज खरेलले संचालन गर्नुभएको थियो ।






















