धादिङ / अविरल वर्षा सँगैको बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
धादिङ स्थित पृथ्वी राजमार्गको मोवा खोलाको पुलमा बाढी र पहिरोले क्षति पुर्याउदा यातायात अवरुद्ध भएको हो ।
बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका प्रहरीले जनाएको छ ।बाढीले पुलको धादिङ तर्फको खण्ड भत्किएको छ ।
१५/ १६ ठाउँमा कतै पहिरो कतै लेदो खसेको छ,’ धादिङका स्थानियले भने एक ठाउँमा तीन वटा गाडी पुरिएको भन्ने प्रारम्भिक जानकारी आएको छ । धेरै ठाउँमा पहिरो कारण राजमार्ग अवरुद्ध भएको छ ।





















