चितवन / पुर्वि चितवनको खैरहनी नगरपालिका १ स्थित नवोदय विद्यालयको नवोदय स्काउट ट्रुपको ‘पदयात्रा तथा प्रतिभा खोजी कार्यक्रम’ सम्पन्न भएको छ।
संविधान दिवसको अवसरमा सोमबार चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा रहेको सिन्ति झरना क्षेत्रमा पदयात्रा गरिएको हो। विद्यालयका प्रवन्ध निर्देशक फादर माईकल चिरायथले विद्यार्थीको शारीरिक,मानसिक र सामाजिक विकासको लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले विद्यालय स्काउट लक्षित यस्ता कार्यक्रम निरन्तर गर्न सदैव तत्पर रहेको समेत बताए।
कार्यक्रममा विभिन्न ५ खेल खेलाईएको थियो । जसमा बेलुन फुटाउने छात्र तर्फ घोडा समूह, छात्रा तर्फ ‘ढुकुर समूह’, मेमोरी टेष्ट तर्फ ‘ढुकुर समूह’, टिम ब्विल्ड तर्फ ‘घोडा समूह’ र क्याच द बोटल तर्फ रश्मि चेपाङ्ग विजयी भएका थिए।
यस्तै एकल नृत्य तर्फ नबिता चेपाङ्ग र सामूहिकतर्फ ढुकुर समूह विजयी भएका थिए। गायन तर्फ एनुका चेपाङ्ग,दुर्गा चेपाङ्ग र सन्दिप चेपाङ्ग क्रमश: प्रथम,द्वितीय तृतीय भएका थिए भने हाँस्य विधातर्फ अनिल चेपाङ्ग विजयी भएको कार्यक्रम संयोजक तथा विद्यालयकी स्काउट शिक्षिका सुष्मा दराईले जानकारी दिईन् ।
नवोदय स्कुलकी प्राचार्य एलिस मोन्टेरोको अध्यक्षता रहेको उक्त कार्यक्रममा सिएएलटि सन्तोष बस्ताकोटी, विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथ, शिक्षकहरु कार्मेलिटा डिसुजा, कविता देवकोटा,तेजेन्द्र कुँवर ,दिपा लामिछाने लगायत उपस्थित थिए । विद्यालयमा हाल सिमान्तकृत चेपाङ्ग समुदायका ३२० बालबालिका अध्ययनरत छन।





















