चितवन / ग्रेस इन्टरनेशनल चितवनले युके र क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला गर्ने भएको छ ।
असोज २ गते आइतबार ‘अप्लाई ढुक्क भएर’ नाराका साथ ग्रेसले शैक्षिक मेला आयोजना गर्न लागेको हो । शहिदचोक स्थित आफ्नै कार्यालय भवनमा हुने मेलामा बेलायत र क्यानाडाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थित हुनेछन् ।
विद्यार्थीहरुले उनीहरुसँग आँफुले अध्ययन गर्न चाहेको विषयमा प्रत्यक्ष रुपमा परामर्श लिन सक्ने ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले बताए । उक्त परामर्शले विद्यार्थीहरुलाई आँफुले चाहेको बिषय छनौटका लागि सहज हुने उनको विश्वास छ ।
विद्यार्थी शैक्षिक प्रमाणपत्रसहित उपस्थित भए आफ्नो योग्यता अनुसारको विषय छनौट गर्न पनि सहज हुने उनले बताए । प्रमाणपत्रकै आधारमा छात्रवृत्ति बारे पनि जानकारी पाउन सकिने लामिछानेले बताए। उनका मेलामा उपस्थित हुने सम्पूर्ण विद्यार्थीहरुले आईएलटिएस र पिटिईमा विशेष छुट पाउनेछन् । यस्तै मेलामा आकर्षक उपहारहरुको पनि व्यवस्था गरिनेछ ।
अष्ट्रेलियाले केही समययता विद्यार्थीहरुलाई कडाई गरेकोले सुनिश्चित भविष्य र शैक्षिक गुणस्तरका कारण पछिल्लो समय युके र क्यानाडा नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।
१६ वर्ष देखि परामर्श दिँदै आएको ग्रेस इन्टरनेसनलले विद्यार्थीहरुको आवश्यकता अनुसार अष्ट्रेलिया,अमेरिका,युके र क्यानाडा शैक्षिक मेलाको आयोजना गर्दै आइरहेको छ ।





















