चितवन / चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा बरिष्ठ मुटुरोग विशेषज्ञद्वारा निःशुल्क मुटुको परीक्षण शिविर सञ्चालन हुने भएको छ । असोज १ गते शनिबार बिहान ९ बजेबाट अस्पताल परिसरमा शिविर हुन लागेको हो ।
शिविरमा निःशुल्क रुपमा प्रेसर जाँच, ईसिजी परीक्षण, विशेषज्ञ चिकित्सकद्वारा परामर्श दिईने छ । शिविरकै अवसरमा औषधि खरिदमा ७ प्रतिशत, ईको स्क्यानमा ५० प्रतिशत छुटको व्यवस्था रहेको अस्पतालले जनाएको छ ।
मेडिसाको आयोजनामा हुने शिविरमा सिएमसी र लायन्स क्लब अफ चितवन रोयलले सहकार्य गरेका हुन् ।क्लबका अध्यक्ष अमृत काफ्लेका अनुसार मुटुरोग सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । खानपान र जीवनशैलीका कारण पछिल्लो समय मुटुरोगीको संख्या बढ्दै गएको बताउँदै काफ्लेले सचेतना फैल्याएर मुटुरोगीको संख्या न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
शिविरमा परीक्षण गराउन चाहनेले नाम दर्ता गराउन सकिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । लायन्स क्लब अफ चितवन रोयलले विभिन्न संस्थाहरुको सहकार्यमा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।





















