काठमाडौं । वीर अस्पतालले अब देखि काठमाडौं महानगरपालिकालाई नै घरबहाल कर बुझाउने भएको छ।
यस अघि घरबहाल कर राजस्व कार्यालयमा बुझाउदै आएकोमा साउनदेखि महानगरलाई घरबहाल कर बुझाउने अस्पतालले जनाएको छ।
अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहरालाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत २०७९ असार समान्तसम्म सबै तिरिसकेको भन्दै आगामी आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो।






















