भरतपुर / नेपाल सरकारका तर्फ बाट जापानका लागि पर्यटन दूत राजनकुमार पौडेलको नयाँ गीत बजारमा आएको छ । पौडेल सहित बेनिसा पौडेलको स्वरमा रहेको बाचा कसम खाउँ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गायक गायिका दुबैले अभिनय गर्नुभएको छ ।
यसअघि पौडेलको सिन्दुर पोते चुरा बोलको गीत सार्वजनिक भएको थियो । पौडेल प्यासिफिक कन्सलटेन्टमा जापान सरकारको जाइका परियोजनाका प्रोजेक्ट को–अर्डिनेटर समेत हुनुहुन्छ । गीतमा गीतकार तथा संगीतकार राजकुमार बगरको शब्द–संगीत रहेको छ । नरेन्द्र वियोगीले संगीत संयोजन गर्नुभएको छ ।
म्युजिक भिडिओमा दुर्गा पौडेलको छायांकन, विकास ज्ञवालीको सम्पादन, प्रशान्त मगरको नृत्य निर्देशन र चर्चित तथा अनुभवी म्यूजिक भिडिओ निर्देशक कुमार केसीको निर्देशन रहेको छ ।





















