काठमाडौं / गोपाल बाबु मरहट्टाको अध्यक्षतामा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ ।
श्री महेन्द्र माध्यमिक विद्यालय गोरखा नगरपालिका १२ कुन्दूर, गोरखाका प्रधानाध्यापक समेत रहेका मरहट्टाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद रेग्मी(स्याङ्जा), उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल(पर्वत) र महासचिवमा सुर्य तिवारी (कास्की) रहेका छन् । यस्तै, सचिवहरुमा नइन्द्र गुरुङ(बागलुङ) र प्रेम लामिछाने (गोरखा) तथा कोषाध्यक्षमा सुमित्रा लम्साल (नवलपुर) रहेकी छन् ।
कार्यसमिति सदस्यहरुमा गमबहादुर खत्री(म्याग्दी), डा. नन्दबहादुर खत्री(म्याग्दी), पदमराज पन्थी(मनाङ), दिनानाथ त्रिपाठी(लमजुङ), मालती भट्ट(गोरखा), प्रेम गौतम(मुस्ताङ), होमनाथ पाण्डे(म्याग्दी) रहेका छन् । यस्तै, सल्लाहकार समिति संयोजकमा पूर्णचन्द्र काफ्ले (पर्वत) रहेका छन् ।
समितिमा अधिकांश विद्यालयका प्रअ, विव्यस अध्यक्ष एवं सदस्य, शिक्षक, शिक्षाविद्, अभिभावकलगायतका शैक्षिक सरोकारवालाहरु आबद्ध रहेका छन् । नवगठित समिति गण्डकी प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा क्रियाशील रहेको अध्यक्ष गोपाल बाबु मरहट्टाले बताए ।
विशुद्ध गैर राजनीतिक समाज मात्र सामुदायिक विद्यालयको सिकाइ सुधारमा मात्रै केन्द्रित रहने मरहट्टाको भनाइ छ ।
गोपाल मरहट्टा , मरहट्टा सेवा प्रतिष्ठान को क्रियाशिल सदस्य समेत हुनुहुन्छ ।





















