काठमाडौं / प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले भदौ २० भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ।
बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन्।
यसैगरी,बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकले निर्णयसमेत गरेको छ।





















