चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डर तोकिएकी छन्।
आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो।
प्रचण्ड चितवन क्षेत्र नं ३ का सांसद हुन्। मंसिर ४ मा हुने संसदीय चुनावमा उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।





















