काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रदेश र सङ्घको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरूबीच मोर्चाबन्दी गरिने बताएका छन् ।
पार्टीका बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे ।
यदि काँग्रेसले तालमेलमा सीट सङ्ख्या मिलाउने सवालमा कन्जुस्याइ गरे विचार मिल्ने गठबन्धन भित्रका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जाने बताए ।
आगामी चुनावमा गठबन्धन बनाएर जाने विषयमा कुनै दुविधा नभए पनि सीट बाँडफाँटका कुरा नमिले गठबन्धनभित्रकै दलहरू मोर्चाबन्दी बनाएर जाने बताएका थिए ।
गठबन्धन भित्रकै वामपन्थी दलहरूबीच पार्टी एकता गर्न संयोजन समिति बनिसकेकाले बलियो कम्युनिस्ट शक्ति बन्ने सम्भावना देखिएको प्रचण्डले प्रष्ट पारे ।





















