काठमाडौं / फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘प्रकाश’ र ‘दि सिक्रेट अफ राधा’ भएको छ ।
यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘प्रकाश’ र ‘दि सिक्रेट अफ राधा’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘प्रकाश’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘‘प्रकाश’ प्रदर्शनमा आएको छ।चलचित्र ‘प्रकाश’ लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
चलचित्र ‘प्रकाश’मा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।
प्रिमियरमा सबैको तारिफ पएक चलचित्र ‘प्रकाश’ ले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रमा प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ । चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।
‘दि सिक्रेट अफ राधा’
यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘दि सिक्रेट अफ राधा’पनि प्रदर्शनमा आएको छ।चलचित्र‘दि सिक्रेट अफ राधा’लाई सुवर्ण थापाले निर्देशन गरेका हुन् ।चलचित्र ‘दि सिक्रेट अफ राधा’मा बेपत्ता श्रीमानको पखाईमा बसेकी एक गर्भवती श्रीमतीको कथा प्रस्तुत गरिएको छ ।
चलचित्रमा सृष्टिका श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।चलचित्रमा बरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथी भूमिकामा प्रस्तुत छन् ।
आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन, एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा निर्देशक सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।





















