काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबार बाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक–पटक दिन नहुने तर्क गरे ।
उनले भने, ‘एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्यो । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबार बाटै हुनुपर्छ । मैले त भन्ने गरेको छु–राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनुहुन्न ।’





















