चितवन / चितवनका पूर्व पत्रकार विष्णु प्रभातले नेपाल पत्रकार महासंघ चितवन शाखालाई अक्षयकोषको लागि आर्थिक सहयोग गरेका छन् ।
विगत १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका प्रभातले महासंघको लागि एक लाख रूपैयाँ बराबरको चेक सोमबार महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यष नारायण प्रसाद अधिकारीले महासंघले निर्माण गर्न लागेको तालिम केन्द्रका लागि समेत सहयोग गर्न आग्रह गर्नुभयो ।
आफूले पनि पत्रकारिता क्षेत्रको अवस्था नजिकबाटै नियालेको हुँदा पत्रकारकै हकहितको लागि सानो सहयोग गरेको दाता प्रभातले बताए । हाल अस्ट्रेलियामै रहेर रियल स्टेटको कारोबार गर्दै आएका उनले चितवन–नवलपुरमा पनि सोही प्रकृतिको काम गर्न चाहेको बताए ।
विगत पाँच वर्षदेखि अस्ट्रेलियामै व्यवसाय गर्दै आएका उनले हालसम्ममा करिब दुई हजार घर/कोठा खरिद बिक्री गरिसकिएको बताए ।





















