चितवन / चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) अगाडि मान्छेको टाउको भेटिएको छ ।
आज (शुक्रबार) बिहान ५ बजे मेडिकल कलेजबाट स्वास्थ्य कार्यालयतर्फ जाने बाटोमा टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पुरानो जस्तो देखिने टाउको भेटिएको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।
उक्त टाउको मेडिकल कलेजले अध्ययनका लागि प्रायोजनमा ल्याएको हुन सक्ने डिएसपी अधिकारीले बताए । ‘पुरानो देखिने टाउको भेटिएको हो ।
पोष्ट्मार्टम गर्ने डाक्टरसँग बुझ्दा मेडिकल कलेजमा अध्ययनका लागि प्रयोग भएको हुन सक्छ, उनले भने,’कुकुरले ल्याएर रोडमा छोडेको अनुमान छ ।’
टाउको पुरुषको भएको बुझिएको छ । उक्त टाउको अहिले भरतपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।





















