काठमाडौं / नेपाली कांग्रेसले विभिन्न तहमा रहेका नेताहरूको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेस गरेको छ।
कांग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज कांग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म कांग्रेसले १२१ मर्यादाक्रम पेस गरेको छ।
प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेका छन्।
पार्टीको पहिलो वरियतामा केन्द्रीय सभापति रहनेछन् भने त्यसपछि पूर्व सभापति र तेस्रो नम्बरमा प्रधानमन्त्री वरियतामा रहने प्रस्तावमा उल्लेख छ।
चौथो वरियतामा पूर्व प्रधानमन्त्री, पाँचौँमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारी, सातौँमा संसदीय दलका पूर्व नेता, आठौँमा पूर्वकेन्द्रीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ।
यस्तै वरीयताको अन्तिममा कांग्रेस सदस्य र त्यसभन्दा अघिल्लो वरियतामा क्रियाशील सदस्य रहने प्रस्तावमा उल्लेख छ।
हेर्नुहोस् प्रस्तावित मर्यादाक्रम :

























