चितवन / चितवन स्थित भ्याली स्टेट कलेजमा मिडिया तथा पब्लिक रिलेशन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।
चार दिनसम्म चलेको कार्यशाला नमूना पत्रकार सम्मेलन तथा राष्ट्रिय पर्यटन सम्मेलनमा केन्द्रित रहेको थियो । बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई पत्रकार सम्मेलनको आयोजना कसरी गर्ने, प्रेस विज्ञप्ति कसरी लेख्ने, राष्ट्रिय स्तरका सेमिनार, सम्मेलन कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान प्रदान गरिएको कलेजले जानकारी दिएको छ ।
कार्यशालामा विद्यार्थीहरुले आफुले नै विभिन्न पात्रको भूमिका निर्वाह गर्दै नमूना पत्रकार सम्मेलन र राष्ट्रिय पर्यटन सम्मेलनको आयोजना गरेका थिए।
वास्तविक कार्यक्रमको झल्को दिने प्रकृतिको कार्यक्रम विद्यार्थीहरुले प्रस्तुत गरेको कलेजका प्रिन्सिपल बाबुराम खनालले जानकरी दिए ।
कार्यक्रमको सञ्चारकर्मी मनोज पन्तले सहजीकरण गरेका थिए।





















