चितवन / भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गरेकी छन् ।
आज (बुधबार) विहान भरतपुर महानगरपालिकाको मेयरको कार्यकक्षमा पुगी दाहालले पदभार ग्रहण गरेकी हुन् । मेयर दाहाललाई महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले फूलमाला लगाएर स्वागत गरेका थिए ।
हिजो सम्म अन्तिम मतपरिणाम अनुसार मेयरमा दाहाल ५२ हजार २८ मतका साथ निर्वाचित भएकी थिइन् । उनले हिजो साँझ नै मुख्य निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेकी थिइन् ।
मेयर दाहालको स्वागतमा पञ्चेबाजा बजाईएको थियो । मेयर दाहाल र उपमेयर चित्रसेन अधिकारीको स्वागतमा महानगरपालिकाले स्वागत कार्यक्रम समेत आयोजना गरेको छ ।





















