चितवन / भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेकी छन्।
भरतपुरको निवर्तमान मेयर समेत रहेकी दाहालले यौनजन्य अपराधका अभियुक्तलाई कारबाही गर्न विद्यमान कानुनी हदम्यादका बारेमा पुनः बैज्ञानिक र व्यवहारिक व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।
‘यौन अपराध र त्यसका अभियुक्तलाई कानुनी कठ्घेरामा ल्याउन विद्यमान कानुनी हदम्यादका बारेमा पुनः बैज्ञानिक र व्यवहारिक व्यवस्था गर्नुपर्ने देखिन्छ, ताकी पीडकलाई सजाय र पीडितलाई न्याय गर्न सकियोस । यस तर्फ राज्य र हामी सबै गम्भीर हुनु अहिलेको आवश्यकता हो’, उनले फेसबुकमा लेखेकी छन् ।
उनले ब्युटी पेजेन्टको नाममा १६ वर्षीया बालिका माथि भएको शोषणको घटनाले स्तब्ध बनाएको समेत बताएकी छन् ।





















