
चितवन / माडी नगर निर्वाचन अन्तरगत माडी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नेता घनश्याम दवाडी निर्वाचित हुनुभएको छ ।
आइतबार बिहान सकिएको मतगणनामा दवाडीले लोकप्रीय १०१८ मत पाउँदै वडाध्यक्ष जित्नुभएको हो । उहाँ यसअघि सोही वडाको निर्वाचित वडा सदस्य रहनुभएको थियो ।
उहाँको निकटतम् प्रतिद्वन्दी नेकपा एमाले नेता एवं पूर्व वडाध्यक्ष शिवहरि सुवेदीले ५०८ मत पाउनुभयो भने राप्रपाका उम्मेदवार कुल बहादुर दुराले ४६९ मत ल्याउनुभयो । सो वडामा बाम लोकतान्त्रिक गठबन्धका सबै उम्मेदवारहरू, महिला सदस्यमा काँग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया बि.क. र खुल्ला सदस्यमा नेपाली काँग्रेसका नारायणदत्त अधिकारी एवं मोहन सिंह स्याङतान निर्वाचित हुनुभएको छ ।





















