चितवन / भरतपुर महानगरपालिका वडा नम्बर–१ को २४८१ मतगणना सकिएको छ । ५ दलिय गठबन्धन उमेदवार रेनु दाहालको अग्रता देखिएको छ । रेनुले ९४९ मत पाएकी छन् ।
त्यस्तै एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले ८३३ मत पाएका छन् ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको ३१५ मत आएको छ ।
भरतपुर महानगरको २९ वडा बाट कुल मत १,२७,५६५ खसेको छ । वडा न १ कुल मतदाता संख्या ५०७४ रहेकोमा ३२७६ खसेको थियो ।
ताजा अपडेट :
भरतपुरमा २४८१ गणना हुँदा:
रेनु दाहाल: ९४९
बिजय सुवेदी: ८३३
जगन्नाथ पौडेल: ३१५
उपमेयर:
चित्रसेन अधिकारी १०४३
हिमला गुरुङ ६९३





















