गोरखा / गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । गोली प्रहारबाट एकजना घाइते भएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् । उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको छ ।





















