चितवन / नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारीले काङ्ग्रेस भित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भईरहेको बताउनुभएको छ । नेपाल प्रेस युनिय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानिय तहको निर्वाचनमा देखिएका असन्तुष्टीहरु अन्त्यका लागि काङ्ग्रेस लागि परेको बताउनुभयो ।
उहाँले भन्नुभयो “गठवन्धनलाई जिताउनु सबैको दायीत्व हो । असन्तुष्टीहरु मिलाउँदै जानु पर्छ ।”स्वतन्त्र उम्मेदवारी दिएका साथीहरुलाई सम्झाउन अझै समय रहेको बताउँदै उहाँले असन्तुष्टी वढेका स्थानहरुमा सम्हाल्न केन्द्र देखि जिल्ला तह सम्म लागि रहेको बताउनुभयो ।उहाँले थप्नुभयो “स्थानीय तहको निर्वाचनमा गठववन्धनलाई महत्वका साथ हेरिएको छ ।”
राष्ट्रिय राजनितिमा भएको गठवन्धनलाई हरेक पालिकामा कार्यान्वयनमा ल्याउने प्रयास गरिएको उहाँको भनाई थियो । गठवन्धनले लोकतान्त्रीक परिपार्टीलाई प्रथामिकता दिदैं उपलव्धिहरुको रक्षाका लागि सबै लाग्नु आवबश्यक रहेको उहाँले बताउनुभयो । अहिलेको गठवन्धन राज्यको आबश्यकताको आधारमा बनेको उहाँले प्रष्ट्याउनु भयो ।
केन्द्रीय नेतृत्वको सरकार बन्दा समेत गठवन्धनका आधारमा बनेको बताउँदै उहाँले सरकारमा रहेका दलहरु बिच बनेको गठवन्धनलाई निर्वाचनमा जिताउनु पर्ने बताउनुभयो ।
यस्तै अर्का केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ्गले पार्टीको केन्द्रीय निर्देशनको पालना गर्नु पर्ने बताउनुभयो । राजनैतिक जीवनमा केन्द्रको निर्णय मान्नु पर्छ उहाँले भन्नुभयो । टिकट बितरणको समयमा आफ्ना असन्तुष्टीहरु रहे पनि केन्द्रको निर्णय आईसके पछि गठवन्धनको पक्षमा लाग्नु पर्ने गुरुङ्गको भनाई थियो ।





















