भरतपुर / आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीयतहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन भरतपुर महानगरको वडानम्बर ११ मा दैनिक घरदैलो अभियान गरिएको नेकपा माओबादी केन्द्र भरतपुर ११ का वडा अध्यक्ष प्रकाश देवकोटाले जानकारी दिए ।
गठबन्धनको तर्फबाट यस वडामा अध्यक्ष र दलीत महिला सदस्यमा नेकपा माओबादी केन्द्र को तर्फबाट उम्मेद्वारी परेको छ भने, एक जना सदस्य नेकपा –एकीकृत (समाजवादी) बाट र दुई जना नेपाली काँग्रेसको तर्फबाट बाट उम्मेद्वारी परेको छ ।
नेकपा माओबादी केन्द्र हसियाँ हतौडा चिन्ह लिएर गठबन्धनको तर्फबाट अध्यक्षमा युवराज पौडेल नेतृत्वमा घरदैलो कार्यक्रम गर्दै हिडेका छन् । अध्यक्ष पदका उम्मेद्वार पौडेल आफ्नो टीमको विजय सुनिश्चित रहेको दाबी गर्छन ।
























