चितवन / नेपाल टेलिकम वर्कस यूनियन भरतपुरको अध्यक्षमा सुरेश अधिकारीको निर्वाचित भएका छन् ।
नेपाल टेलिकम भरतपुरको वर्कस इकाई दशौं इकाई अधिवेशनले अधिकारीको नेतृत्वमा सात सदस्यीय नयाँ समिति निर्विरोध चयन गरेको हो ।
अधिवेशनबाट सचिवमा लिला कट्टेल पौडेल र कोषाध्यक्षमा गंगा प्रसाद न्यौपाने , क्षेत्रिय सदस्यमा ज्ञानहरि मरहट्टा लगायत निर्वाचित भएको निर्वाचन अधिकृत गेहेन्द्र सुवेदीले जानकारी दिए ।
क्षेत्रिय सदस्य ज्ञानहरि मरहट्टाले ग्राहकको नियमित सेवाको साथ साथै कर्मचारीको हक हितका लागी सधैभरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले जनताको सेवासंगै कर्मचारीको हितका लागी काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिकम भरतपुरका प्रमुख नविनकुमार मिश्रले जनताको सेवाका लागी संधै तत्पर रहने गरी काम गर्न आग्रह गरे ।
कार्यक्रम ईकाई अध्यक्ष शर्मिला खनाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।





















