भरतपुर / भरतपुर महानगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका युवा नेता राज कुमार श्रेष्ठ ले आकांक्षा देखाएका छन् ।
भरतपुर वडा नम्बर ६ का स्थायी बासिन्दा युवा व्यवसायी समेत रहेका काँग्रेस नेता श्रेष्ठले वडा अध्यक्षमा आकांक्षा देखाएका हुन् ।
स्थानीय तह निर्वाचनमा वडा नम्बर ६ मा काँग्रेसको तर्फबाट उमेदवार दिने श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भरतपुर वडा ६ मा आफूले लामो समय सहयोग गरेको बताएका छन् ।
श्रेष्ठ काठमाण्डौैको अस्कल कलेजमा २०५१ सालमा स्ववियुको निर्वाचनमा ने.संघ. बाट सहसचिवमा उमेदवार हुनुभएको थियो ।
चितवनको बालकुमारी कलेजमा स्नातक देखि स्नातकोत्तर अध्ययन गर्दा लामो समयसम्म ईकाई समितिमा बसेर काम गरेका सबैका प्रिय युवा नेता हुन् । बिभिन्न स्कुल, कलेज, स्वास्थ्य चौकि, रेडक्रस, जेसिज, लायन्स क्लव , अन्य संघ संस्थामा असल र सफल नेतृत्व गरेका छन् । सामाजिक काम भनेपछि मरिहत्ते गरी लागि पर्दछन् ।
श्रेष्ठ बालक, युवा र पाका उमेर सबैसँग मिजास स्वभाव भएका व्यत्ति हुन् । विपन्न गरिवहरुका लागि गीतानगरमा खोलिएको सिद्धेश्वर विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन् । देखेको कुरा बोल्ने अध्यापन शिल कसैको लहै लहैमा नलाग्ने स्वभाव भएका व्यत्ति हुन् । स्थानिय वडाबासीको अनुसार – बोलेपछि गरि छाड्ने गुट उपगुटको विश्वास नगर्ने श्रेष्ठले सबैलाई मिलाएर लैजाने खुबी पनि छ ।
श्रेष्ठले वडा अध्यक्षको टिकट पाए जित सुनिश्चित रहेको वडाबासीहरुले दाबी गर्छन् । उमेरले युवा एवं व्यवहारले परिपक्क श्रेष्ठले वडामा निष्ठावान र ईमान्दार नेताका छवि पनि बनाएका छन ।





















