चितवन / भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट मात्रै दुई दर्जन बढी आकांक्षी देखिएका छन् ।
नारायणगढस्थित कांग्रेस चितवनको पार्टी कार्यालयमा महानगरको मेयरका लागि २५ जनाले दावी पत्र पेश गरेका छन् । आइतबार मेयरका लागि १३ जनाले मनोनयन दर्ता गराएका थिए । आज (सोमबार) थप १२ जनाले मनोनयन दर्ता गराएको कांग्रेस भरतपुर महानगर समितिकी सचिव प्रनिशा गुरुङले जानकारी दिईन् ।
आइतबार महानगरको मेयरमा भरत अधिकारी, शंकरप्रसाद कंडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजयराज शर्मा भुसाल, दिनेश कोईराला, पार्वती शाह ठकुरी, दिर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गरीकुमारी श्रेष्ठलेले मनोनयन दर्ता गराएका थिए ।
आज मिना कुमारी खरेल सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा. डा. केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणी अधिकारी र धनश्याम दवाडीले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै महानगरको उप-मेयरमा पनि २४ जनाले मनोनयन दर्ता गराएको गुरुङले जानकारी दिईन् । उनका अनुसार उप-मेयरमा आइतबार १३ जनाले मनोनयन दर्ता गराएका थिए । आज थप ११ जनाले उप-मेयरमा दावी प्रस्तुत गरेका हुन् ।
आइतबार उप-मेयरमा तारा गुरुङ, वुद्धिकान्त न्यौपाने, लक्ष्मी न्यौपाने, निरु कार्की, कल्पना पौडेल, देवेन्द्रबहादुर गुरुङ, टंकनाथ पौडेल, कृष्णबहादुर गुरुङ, राजिव न्यौपाने, विरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल र रविभद्र शर्मा खनालले मनोनयन दर्ता गराएका थिए ।
आज निर्मलराज पौडेल, शुरविर पोख्रेल, भोजराज कौडाल, एलिजा अधिकारी, महेन्द्र श्रेष्ठ, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी र बिदुर केसीले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसबाट भरतपुरको मेयर र उप-मेयरका लागि आइतबार र सोमबार मनोनयन दर्ता गरिएको हो । महानगर प्रमुखका लागि मनोनयन दर्ता शुल्क तीन हजार रुपैयाँ तथा उपप्रमुखका लागि दुई हजार तोकिएको थियो ।
केन्द्रीय समितिको निर्देशन तथा जिल्ला समितिको परिपत्र अनुसार मनोनयन दर्ताका गरिएको हो ।





















