सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।
यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।
बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ उनले अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ ।
अध्यक्ष शेर्पाका अनुसार भोलि नै विस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ ।





















