चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्धारा चितवनको भरतपुर महानगरको नयाँ प्रकाशकीय भवनको शिलान्यास गरे । प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको कार्यक्षमताको प्रंशसा गरेका छन् ।
राष्ट्रिय राजनितीमा उतारचढाव आइरहे पनि भरतपुर महानगरकी मेयरले टिमलाई एक ढिक्का बनाइराख्न खेलेको भुमिका उच्च रहेको भन्दै प्रंशसा गरे ।
भरतपुर महानगरको नयाँ प्रकाशकीय भवनको शुक्रवार शिलान्यास पछि सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच भएकै कारण महानगरको यति धेरै विकास सम्भव भएको बताए ।

मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति सकरात्मक सोच मात्र भेटे कांग्रेस र एमालेका जनप्रतिनिधि सबै लाई आफनै परिवार जस्तै माया गर्ने र आफनै देख्ने जतिबेला पनि सकारात्मक सोची रहने कार्य क्षमताका कारण महानगरको विकासले तीव्रता पाएको प्रचण्डको दावी थियो ।
करिव २३ मिनेट बोलेका प्रचण्डले मेयर दाहालको प्रसंसा गरे भने चितवन नवलपुर र मकवानपुर जोडेर प्राधिकरण बनाएर बृहत विकास गर्ने योजना पनि सुनाए ।
भरतपुर महानगरपालिकालाई छिमेकी देशहरूले विशिष्ट महानगरको रुपमा हेरेको समेत उनले बताए । स्थानीय तह र प्रदेश तथा संघको चुनावमा फरक पार्टीसँग गठबन्धन गर्नुपरेको परिस्थितिमा समेत भरतपुर महानगरमा त्यसको असर नदेखिएको उनको भनाई थियो ।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेका प्रचण्डले ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रशासकीय भवनको शिलान्यास गरेका हुन ।
२ वटा लिफ्ट सहितको अत्याधुनिक बेसमेन्ट माथी ६ तले प्रशासनिक भवन साढे दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रदेश सरकारले सम्झौता रकमको ५० प्रतिशत स्रोत सुनिश्चितता गरेको र अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको सुनिश्चितता भएको मेयर दाहालको भनाई छ । रकम अपुग भए केही रकम महानगरले जोहो गर्ने उनले बताईन् ।
काम गर्न चाह्यो भने सम्भव रहेछ भन्ने कुरा आफुले गरेर देखाएको दाहालको भनाई छ ।





















