सिन्धुपाल्चोक / वर्खा लाग्यो पानि निरन्तर परिरहेको छ । यसैले गर्दा गएराति बाह्रबिसे नगरपालिकाको गातिस्थित जम्बु बजार पहिरोले पुरिदा १४ घरका १९ जना बेपत्ता भएका छन् ।
राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।अविरल वर्षाका कारण गएको पहिरोले बजार सिंगै बगाएको हो ।
अहिलेसम्म २० वर्षिय निकेश श्रेष्ठ र ३ वर्षिय छोरीको शव भेटिएको छ ।
बाह्रविसेमा रहेको नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरी उद्दार कार्यमा खटिएका छन् ।
तर लामोसाँघु बजारको सिरानमा रहेको सुनकोशीको जलविद्युत आयोजनाको ड्याम रहेको स्थानमा अरनिको राजमार्ग समेत बगाएका कारण बाह्रबिसे जाने बाटो समेत बन्द भएको बताइएको छ ।





















