चितवन / भरतपुर ११ मा रहेको कमलादेवी मन्दिर टोल विकास संस्थाद्धारा राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना लाई आज टोलका उपाध्यक्ष नबिन बाबु मरहट्टाको अध्यक्षता बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
अध्यक्ष तिमिल्सिनाले कार्यक्रममा बोल्दै उनले सुकुम्बासीलाई रुवाएर हुकुमबासीलाई पोस्ने काम आफुबाट नहुने बाँचा गरेका छन् ।
यस टोल लगायत चितवनका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेरै देखाउने अध्यक्ष बद्री तिमिल्सिनाले प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष तिमिल्सिनाले सुकुमबासीमाथि अन्याय हुन नदिने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका युवा नेता राजन श्रेष्ठले जग्गा नाप्ने काम भईरहेको बताएका थिए । टोलका उपाध्यक्ष नबिन बाबु मरहट्टाले अध्यक्ष बद्री तिमिल्सिनालाई उच्च राजनैतिक सस्कारको विकास गरि आफ्नो जिम्बेवारी पुरा गर्न सफल हुदै कार्यकाल सफलताको शुभकामना साथ हार्दिक बधाई व्यक्त गरेका थिए ।

राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको प्रमुख अतिथि रहेको कार्यक्रममा , अथिति नेकपा माओवादी केन्द्रका युवा नेता राजन श्रेष्ठ , समाजसेवी चिरञ्जीवी हमाल , टोलका सदस्य श्रीकान्त ओझा , महेन्द्र गुरूङ , गुम्बाका अध्यक्ष सुकमान गुरूङ लगायतका को उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य टोलका सदस्य श्रीकान्त ओझाले राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन टोलका सदस्य युवा नेता राजु परियारले गरेका थिए ।
कार्यक्रममा टोलमा भएका सुकुम्बासीले आफुहरुले पूर्जा पाउने आशामा खुशी व्यक्त गरेका थिए ।






















