चितवन / चितवनको नारायणी नदी किनारमा यामाहाको महा एक्सचेन्ज मेला सुरु भएको छ । चितवनको लागि यमाह मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता नविन अटो सो महाएक्सचेन्ज मेला गरेका हो ।
५ दिन चल्ने मेलाको एक भव्य समारोहका विच उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै श्रेष्ठले चितवन अटो व्यवसायमा काठमाण्डौँ पछिको जिल्ला भएकाले एक्सचेन्ज मेला सफल हुने विश्वास व्यक्त गरे ।
यस्तै बागमती प्रदेश ट्राफिक कार्यालय चितवन रामनगरका प्रहरी नायब उपरिक्षक प्रकाश श्रीमलले पुराना मोटरसाइकल संकलन अभियानले दुर्घटना न्यूनिकरणमा सघाउने बताए । एक्सचेन्ज मेलामा २ सय ५० मोटरसाइकल तथा स्कुटर बिक्री तथा साटफेर गर्ने लक्ष्य लिइएको छ ।
जुनसुकै ब्राण्डका पुराना मोटरसाइकलहरु साट्न सकिने छ । पुराना मोटरसाइकलको मूल्यांकन गरेर अतिरिक्त १० हजार रुपैयाँ थप दिने व्यवस्था समेत भएको नविन अटोका महाप्रबन्धक राजु स्वर्णकारले जानकारी दिए ।
नयाँ मोटरसाइकल ४० प्रतिशत रकम बुझाएर किस्ताबन्दीमा किन्न सकिने सुविधा दिइएको छ । किस्ताबन्दीमा किन्दा ३६ महिनामध्ये ३ महिना फ्रि गरिने छ । यस्तै सबै रकम तिरेर नयाँ मोटरसाइकल खरिद गर्दा मूल्यमा ७ हजार रुपैयाँ छुटको व्यवस्था छ ।
नविन अटोका प्रवन्ध निर्देशक कपिल कर्माचार्यले पुरानो मोटरसाईकलका आवश्यक कागजपत्र भए जति धेरै पुराना भएपनि साटफेर गर्न सकिने बताउनुभयो । यामाहा मोटरसाइकल टेष्ट ड्राइभ गर्नेलाई फ्रिबोटिङको सुविधा समेत दिइएको छ । १ हजार बढी ग्राहकलाई टेस्ट राइड गराउने लक्ष्य राखिएको छ ।
उद्धघाटन कार्यक्रममा चितवन अटो डिलर एसोसियसनका पुर्व अध्यक्ष इश्वर श्रेष्ठ, नेपाल अटो ट्रेड युनियनका अध्यक्ष सागर देउजा, चितवन आटोमोबाइल्स एसोसियसनका अध्यक्ष कृष्ण भण्डारी, चितवन अटो रिकन्डिसन एसोसियसनका अध्यक्ष सूर्य अधिकारी, अटोमोबाइल्स एशोसियसन अफ नेपालका केन्द्रीय सदस्य गोपाल भट्टराई, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवानराज थापा लगायतको सहभागिता थियो ।
उद्घाटन कार्यक्रम नविन अटो सेन्टरका अध्यक्ष मुना देवी कर्माचार्यको अध्यक्षतामा भएको थियो ।






















