चितवन / राष्ट्रिय स्वास्थ्यकर्मी संघ चितवनकाे तेस्रो जिल्ला अधिवेशनले केशव सापकोटाको अध्यक्षतामा ३० सदस्य जिल्ला समितिको गठन गरेको छ।
जसको उपाध्यक्षमा जगन्नाथ अोझा महिला उपाध्यक्षमा नन्दकली चापागाईं सचिवमा विष्णु प्रसाद सापकोटा कोषाध्यक्षमा ज्ञानहरी वाग्ले सहितको कमिटी निर्वाचित भएको हो।

नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा भएको उक्त कार्यक्रमको अध्यक्षता नन्दकली चापागाईंले गर्नुभएको थियो कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली विशिष्ट अतिथि एमाले प्रदेश कमिटी सचिव विजय सुवेदी एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय उप महासचिव जयराम दुवाडी केन्द्रीय सचिव हिमालय तिवारी केन्द्रीय सदस्य जायस्वर भूषाल डाक्टर देजकुमार गौतम डाक्टर विजय पौडेल रामहरि ढकाल लगायतका अतिथिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा चितवन जिल्लाभरका सयबढी स्वास्थ्यकर्मीहरुको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो ।
अध्यक्षमा पाँच जना प्रत्याशी रहेतापनि सर्वसम्मत रुपमा सापकोटा निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक रामहरि ढकालले जानकारी दिनुभयो।राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाललाई नेकपा एमाले सुवेच्छुक स्वास्थ्यकर्मीहरुको संगठनका रुपमा लिइन्छ।






















