काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा ओली र प्रचण्डसहितका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
एमसिसीको बिषयलाई लिएर पाँच दलीय सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ। एमसीसीको विपक्षमा उभिएको माओवादी सत्ता गठबन्धनबाट बाहिरिने सम्भावना धेरै छ ।
यस्तै एमसीसी पारित गर्न सघाउने शर्तमा एमाले सरकारमा जाने र सरकारलाई समर्थन दिने पक्षमा रहेको नेताहरुको भनाइ छ ।
यस अघि एमाले अध्यक्ष र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो ।
माओवादीले सरकार छाड्ने, एमसीसी पारित गर्न सहयोग नगरे माओवादीका मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् ।
आगामी दिनमा छलफल गरेर अगाडि बढ्ने भेटवार्तामा समलग्न एक नेताले जनाए । उनले भने छलफल कुनै एउटा निष्कर्षमा पुग्ने अवस्था बनेको छैन ।’ उनले छलफलमा ठोस कुरा केही नभएको बताए ।
उनले भने, ‘संसद्को गतिरोध अन्त्य छलफल भयो । विगतका कुरालाई समीक्षाका रूपमा राख्यौँ । अब संवाद गर्दै अगाडि बढौँ भन्ने सम्म कुरा भएको छ । अरू ठोस कुरा भएको छैन ।’





















