काठमाडौं / ‘जाम भो माइली’ हिट भएपछि गायक प्रकाश दुतराज को नयाँ गीत ‘सानु दाई’ इन्टरनेट रिलिज भएको छ ।
प्रकाशको आफ्नै संगीत रहेको गीतमा प्रकाश स्वयम फिचर्ड छन् भने गायत्री राना मगरको स्वर समावेश छ ।
शब्द पनि प्रकाश स्वयमले लेखेका हुन् । प्रकाश धमलाको निर्देशन रहेको भिडिओमा प्रकाश र अनुषा राई फिचर्ड छन् ।
गायिका मगरले यसअघि प्रकाशकै स्वरमा रहेको गीत ‘बैनी झ्यालैमा’को फिमेल भर्सनमा स्वर दिएकी छिन् ।
मौलिक सिर्जना संगीतको कारणले चर्चित यी म्याग्देली गायकले पनि यो नयाँ गीतमा मौलिकतालाई पस्किएका छन् ।
भावुक र विरह लयमा बुनिएको गीतमा ग्रामिण प्रेमकथालाई चित्रण गरिएको छ ।





















