काठमाडौं / सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो।
२०७९ जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भए पनि मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगसँग परामर्श गरेरै सरकारले २०७९ वैशाख ३० गते चुनाव गर्ने गरी मिति घोषणा गरेको जानकारी आयोगलाई प्राप्त भएको पुष्टि गरे। मन्त्रिपरिषद्को बैठक अहिले पनि जारी छ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो।





















