काठमाडौं / जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् ।
आइतवार मध्यरातमा एक ट्वीट गर्दै उनले लेखेका छन्भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ( भित्र खाओवाद बाहिर माओवाद ) नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन . mcc जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ( अति भए खति हुन्छ है )
उनले एमसीसी गिजोलिँदै गएको र त्यसको परिणाम गम्भीर हुन सक्ने जनाएका छन् । प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र बाहिरिएसँगै चर्को आलोचना भइरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पनि प्रचण्डमाथि आक्रोश पोखेका हुन् ।





















