चितवन / वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केही समय बन्द रहेको इमेजिङ्ग विभाग अन्तर्गत न्यूक्लियर मेडिसिन युनिटका स्क्यान सेवाहरु पुनः संचालनमा आएका छन् ।
क्यान्सरका बिरामीका लागि अत्यावश्यक परीक्षण विधि बोन स्क्यान, डिटिपिए रेन्टल स्क्यान, थाईराईड स्क्यान, होलबडी स्क्यान सेवा आज बाट पुनः शुरु भएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले आज एक सूचना प्रकाशित गरी सेवा सञ्चालनमा आएको जानकारी दिनुभएको हो ।






















