काठमाडौँ / नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो । उहाँले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।
शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका गर्नुभएको थियो । उहाँले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हाल्ल्नुभएको थियो ।
प्रहरी मुख्यालयले नयां आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।





















