चितवन / एमसीसीको विरोधमा यही मंसिर २८ गते चितवन वन्दको घोषणा गरिएको छ । एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै २८ गते चितवन वन्दको आब्हान गरेको हो ।
आज शनिवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी गरिएको छ ।
संघर्ष समितिका सचिव अजीव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजबादरी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन आफुहरुलाई रहेको बताए ।





















