चितवन / सहभागी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा डासीराम ढकाल निर्वाचित भएका छन।
सहकारीको ९ औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनले ढकालको नेतृत्वमा ९ सदस्य कार्यसमिति चयन गरेको हो।

भरतपुर महानगरपालिका- ९ मा मुख्य कार्यलय सो सहकारीको भेलाले उपाध्यक्षमा ऋषिराम पौडेल , सचिबमा गोबिन्द प्रसाद आचार्य र कोषाध्यक्षमा रेखा पौडेललाइ निर्वाचित गरेको हो ।
यस्तै अन्य सदस्यहरुमा यम बहादुर पुन मगर,राधिका उपाध्याय , महेश्वर ढकाल ‘ख’ , महदत्त कंडेल र हरि प्रसाद सापकोटा रहेका छन।
उक्त भेलाले राजकुमार दुरालाइ लेखा संयोजक तथा अर्पण खनाल र नेत्र प्रसाद ढकाललाइ सदस्यमा समेत चयन गरेको छ ।
कार्यक्रममा सचिव डासिराम ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए।आर्थिक वर्ष २ करोड ७९ लाख ३९ हजार ४ सय रुपैयाँ ऋण लगानी भएकोमा आगामी वर्ष करिव ४ करोड लगानी गर्ने लक्ष्य लिइएको उनले बताएका ।
नियमित मासिक बचतमा ८ प्रतिशत, बालबचतमा १० प्रतिशत, दैनिक बचतमा ६ प्रतिशत र ऋणमा १२ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ ।
सहकारीको १ करोड ९० हजार ३ सय रुपैयाँ शेयर पुँजि र २ करोड २६ लाख ७९ हजार २ सय १० रुपैयाँ निक्षेप रहेको छ ।
२०६९ चैतमा २९ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ९ सय २५ जना शेयर सदस्य छन् ।





















