काठमाडौं / नेकपा एमालेले पार्टीको १० औं महाधिवेशनमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निम्ता गरेको छ ।
एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिएका हुन् ।
एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका छन् । देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताए ।





















