चितवन / चितवन कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गरिहनु भएका पत्रकार उर्गेन लो तामाङ सम्मानित हुनुभएको छ ।
तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशनको अवसरमा तामाङलाई सम्मान प्रदान गरिएको हो । संघले चितवन जिल्लामा तत्कालीन तामाङ सञ्चार समुहको संस्थापक अध्यक्षका रुपमा तामाङले पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान-पत्र र खादा सहित सम्मान गरिएको हो ।
बागमती प्रदेशका पुर्व कृषिमन्त्री तथा प्रदेश सभा सदस्य दावा दोर्जे लामाले उहाँलाई सम्मान-पत्र प्रदान गर्नुभयो ।
तामाङले तत्कालीन तामाङ सञ्चार समुहको संस्थापक अध्यक्ष भई चितवन जिल्लामा तामाङ पत्रकारलाई संगठित गराउन महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।
चितवनको कालिका एफएम, ड्रिम्स एफएम, काठमण्डौको थाहाखबर डटकम लगायत सञ्चारमाध्यममा आबद्ध रहनुभएका उहाँले पत्रकारिता मार्फत तामाङ समुदायको आवाज उठाउने र समाजिक, साँस्कृतिक जागरण ल्याउने कार्यमा भुमिका खेल्नुभएको छ ।
उहाँ हाल नेपाल पत्रकार महासंघ चितवनको सहसचिव हुनुहुन्छ भने तामाङ पत्रकार संघको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।





















