काठमाडौं / सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयाल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोल, जिडेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।
२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ कायम भएको छ।





















