काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । शनिबारदेखि केन्द्रीय कमिटी बैठक बसेको हो ।
केन्द्रीय कमिटीमा पेश भएका प्रस्तावहरू
– राष्ट्रिय महाधिवेशन नहुँदासम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने
– कमिटीले अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव मनोनयन गर्ने
– केन्द्रीय समितिको बढीमा एक तिहाई पोलिटब्यूरो र त्यसको एक तिहाई एक स्थायी समितिमा रहने
– दैनिक कार्यसञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहित केन्द्रीय कार्यालय बनाउने – केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्य सम्पादनका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेत रहेको केन्द्रीय सचिवालय बनाउने
– सबै तहका समिति र अधिवेशन प्रतिनिधिहरुको निर्वाचन खुला, भूगाल र समावेशीका आधारमा
– सबै समितिमा महिला ३५ प्रतिशत हुनुपर्ने
– दलित समुदायका लागि केन्द्रीय कमिटीमा १५ प्रतिशत सदस्य र अन्य समितिमा भूगोलले समेटेको दलित संगठनको अनुपातमा २ प्रतिशत थप गर्ने
– सबै समितिमा २० वर्षमाथिका युवाहरुलाई कम्तिमा २० प्रतिशतको संख्या समावेश गरिने





















