काठमाडौं / नेपालमा पछिल्लो समय कोरोना भाइरसका नयाँ संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै गएको छ।
पछिल्लो २४ घण्टामा २०,४१४ जनाको पीसीआर परीक्षण गरिएकोमा ६,७३१ जना नयाँ संक्रमित फेला परेका छन।
यस्तै, सोही अवधिमा ७,२२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। अन्य दिनको तुलनामा आज मृतकको संख्या पनि घटेको छ।
२४ घण्टाको अवधिमा १०६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि मङ्गलवार एक सय ६९ जनाको ज्यान गएको थियो भने ८ हजार ६ सय ३६ जना सङ्क्रमित भएका थिए।
मङ्गलवार २२ हजार ९ सय ३६ जनाको स्वाब परीक्षण भएको थियो। सो दिन ६ हजार ४ सय ४ जना सङ्क्रमण मुक्त भएका थिए।
नेपालमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ५,४२,२५६ पुगेको छ। यस्तै, ६,९५१ मृत्यु भएको छ भने ४,१८,८२९ जना संक्रमणमुक्त भएका छन्।





















